काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै मंगलबार परेको रिट उपर सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित आज जारी पेशी हेर्दाहेर्दैमा राखिएको छ । अर्को पेशी साउन १ गतेको लागि तोकिएको छ ।
न्यायाधिशद्घय चोलेन्द्रशमशेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले हेर्दाहेर्दैमा सो पेशी आइतबारको लागि सरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले विपक्षीको नाममा शर्मालाई थुनामा राख्नुको कारण तथा शर्मालाई समेत आगामी शुक्रबार अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि शर्मा सर्वोच्चमा उपस्थित भएका थिए ।
गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले मंगलबार थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।
रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।