site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दिपको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिंगापुरमा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटको लागि १४ सदस्य नेपाली टोलीको घोषणा भएको छ । विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको लागि नेपालले सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको छनोट गरेको हो । 

राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा,  यू–१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास र आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु  रहेको छनोट समितिले नेपाली टोली छनोट गरेका हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टोलीमा कप्तान सन्दिपसहित,अनिल कुमार साह, किशोर महतो, प्रकाश केसी, पवन शर्राफ, रिजन ढकाल र प्रनित थापा मगर रहेका छन् । त्यस्तै साहब आलम, आशिफ शेख, सन्दिप सुनार, ललित नारायण राजबंशी, रोहित कुमार पौडेल, आदील खान र दिपेन्द्र सिंह ऐरी छन् ।

वैकल्पिक खेलाडीका रुपमा सुशान्त सिंह थापा, रसिद खान, विक्रम कुमार भुसाल र सन्दिप जोरालाई छनोट गरिएको छ  । नेपालले १८ सदस्य प्रारम्भिक टोलीबाट ४ वैकल्पिकसहित १४ सदस्यीय टोलीको छनोट गरेको हो ।  नेपाली टोली हाल भारतमा बिशेष प्रशिक्षण गरिरहेको छ ।

Global Ime bank

नेपाल सम्मलित एसियाको छनोट खेल आगामी आइतबारबाट सुरु हुदैँ छ ।  छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तानले डबल राउण्ड रोबिनका आधारमा खेल्ने छन् । समूहको शिर्ष टोली न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय