राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडामा सुरु भएको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, राजनीतिक विषयलगायतमा छलफल हुनेछ ।
नेकपाले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाहीका लागि सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । नेकपाले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ ।
फाइल तस्बिर ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७ १३:३१
प्रतिक्रिया दिनुहोस्