काठमाडौं । दोस्रो संस्करणको पेप्सी ओपन गल्फ प्रतियोगिता शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । एक दिने प्रतियोगिता बरुन वेभरेज प्रालि र रोयल नेपाल गल्फ क्लबको योजनामा हुन लागेको हो ।
प्रतियोगितामा करिव एक सय बढी एमेच्योर खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पुरुष, महिला, जुनियर, सिनियर र सुपर सिनियर गरी पाँच क्याटगोरीमा खेल हुने प्रतियोगिता संयोजक किसन अग्रवालले जानकारी दिए ।
प्रतियोगिता दुई सिफ्टमा हुनेछ । प्रतियोगिता स्टेबल फोर्ड फर्म्याटको ३र४ हाण्डीक्यापको आधारमा हुनेछन् । प्रतियोगिताको सबै स्पर्धाका विजेताले ट्रफी र गिफ्ट भौचर प्राप्त गर्ने छन् । एमेच्योर प्रतियोगिता भएको कारण नगद पुरस्कार भने राखिएको छैन ।
एमेच्योर गल्फरहरुको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए । रोयल नेपाल गल्फ क्लबको एक सयौ बर्ष पुगेको अवसरमा पनि यो प्रतियोगिता आयोजना गर्न गैरहेको अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै प्रतियोगिताको मुख्य प्रायोजक बरुन भेवरेजका टेरीटोरी मार्केटिङ म्यानेजर निशी लामाले नेपाली गल्फको विकासको लागि प्रतियोगिता आयोजना गरेको र प्रतियोगिताको अन्य संस्करणमा पनि पेप्सीको साथ रहने बताए ।