site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिको ‘फोहोरी खेल’ले जनतालाई दुःख दियो : हरिवंश आचार्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले जनतालाई दुःख दिइरहेको बताएका छन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँगै  कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए । 

राजनैनिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गरे ।  कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरेका छन् । गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटाकुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेरभाई घने कुरो के छ भने टुडिखेलमा हात देखाउँदा ज्योतिसिले धनि हुन्छौ भने, चुनाव लडनु भने’ भन्ने समसामयिक राजनीति माथि व्यङ्ग्य गरेका छन् । नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भने, “यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन । कुनै दललाई तोकेर भनेको पनि होइन । युट्युबमा कमेन्टहरु आउँदाखेरी फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ । तर, प्रवृतिलाई भनेको हो । जुन नेपालमा दण्डहिताको प्रवृति छ त्यो प्रवृतिमाथि व्यङ्ग गर्ने हो । हाम्रो आकांक्षा  देशमा सुशासन होस् । विधिको साशन होस् भन्ने हो । भ्रष्ट्राचार संसारमा जहाँ पनि हुन्छ । तर, त्यसको पनि सीमा हुन्छ । हाम्रोमा सीमा नाघेको जस्तो लाग्छ । हुनत सरकारले भ्रष्ट्राचार गर्न दिन्न गर्न हुँदैन भनिराखेको छ । तर, हामीले गरेको पनि देखिराखेका छौं । कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं ।”

कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार जरो गाडरेर बसेको बताउँछन् । “चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भने अव खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडि चढेर हिँडेको हामीले देखेका छौं । तर, सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ,” उनले भने । 

Royal Enfield Island Ad

राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए । राजनीतिलाई नै उद्योग बनाउने गरिएको भन्दै उनले नेपालमा यही प्रवृति रहेका कारण जनतामा निरासा आएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro