site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीशसहित यी न्यायाधीशको इजलासमा हुँदै छ संसद् विघटनको रिटमा सुनुवाइ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संसद् विघटनविरुद्ध दायर १८ वटा रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । 

आइतबार संसद विघटन गरिएपछि सो निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतमा १८ वटा रिट दर्ता भएका थिए । जसमध्ये चारवटा रिट संवैधानिक फाँटमा दर्ता भएका थिए भने १४ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाएको हो । ती सबै रिट आज संवैधानिक इजलासमा पेसीमा छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

राष्ट्रपति विद्या भण्डारीले सरकारको सिफारिसमा आइतबार संसद् विघटन गरेकी थिइन् । “नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य-मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्‍न मुलुकहरूको अभ्यासबमोजिम संघीय संसद्‌को वर्तमान प्रतिनिधिसभा विघटन” गरेकी थिइन् । 
२०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्ने गरी निर्वाचनको मितिसमेत घोषणा भएको छ । संवैधानिक इजलासले संसद् विघटन गर्दा उल्लेख भएका संविधानको धारा ७६ को थप संवैधानिक व्याख्या गर्नेछ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro