site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेट्रोलियम पदार्थ तस्करी गर्ने पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सप्तरी । सप्तरी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई पक्राउ गरिएको हो । 

दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय सखडामा राखी उनीहरुमाथि कानूनी प्रक्रिया अघि बढाएको प्रनाउ साहले जानकारी दिए । 
 
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो । नेपालबाट डिजल खरिद गरी भारततर्फ पुर्याइरहेको सूचना पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यता पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय छिन्नमस्ता (सखडा) घेराउ गरी प्रदर्शन गरेका थिए । पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय