site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस
Siddhartha BankSiddhartha Bank

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । 

पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पु¥याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए ।

जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको उनले बताए । 

Global Ime bank

मालिका–५ जुग्जामा पूर्ण क्षति भएका २० घर र आंशिक क्षति भएका २९ घर, सोही वडाको तल्लो भेगका १० घर, घरथोकको तल्लो भेगका ४ घर, ओखलढुङ्गाको १३ घर, मगरदाङको तल्लो भेगका ५ घर, पन्थोकको ११ घर तथा न्याबोटका दुई घर स्थानान्तरणका लागि  सिफारिस गरिएको छ । 

यस्तै मालिका– ७ बिमका पूर्ण क्षति भएका ३४ घर र आंशिक क्षति भएका १७ घर तथा बिमको नौरुङ, कुटवाङ, नराले, ओखरढुङ्गा, नौमाने, काउरा, बन्सार, गौरीखेत र अर्कलाका झण्डै ८० परिवारलाई स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गत असार २५ र २६ गतेको पहिरोले बिममा ८ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए । 

यसैगरी वडा न २ रुमको तल्लो बेलिकाका सात तथा नरेनचौरका चार, वडा नं ३ किटिनीका एक घर, वडा नं ४ ओखरबोटको ८ र वडा नं ९ को तल्लो भेग, वडा नं ६ दरवाङको साउबोट र लामेलाको बस्ती पनि स्थानान्तरण गर्नुपर्नेमा सूचिकृत गरिएको छ । 

पहिरोले पालिकाभर ६७ घर पूर्ण तथा ५२ घर आंशिक रुपमा क्षति भएका छन् । यस्तै ३१ सडक, ३२ खानेपानी आयोजना, १० सिँचाइ आयोजना, आठ लघुजलविद्युत् आयोजना, पाँच विद्यालय रतथा एउटा सामुदायिक भवनमा क्षति पुगेको थियो । बस्ती स्थानान्तरणका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेट तथा योजना प्रस्ताव गरी पठाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ००:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement