site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँमा चाडपर्व लक्षित निषेधाज्ञा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दमौली । कोभिड-१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड र जमघट गर्न निषेध गरिएको छ । प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेका छौ सोही ठाउँमा रही सदस्यबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर र तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुला नगर्न/नगराउन स्थानीय प्रशासनले सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार देउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, चियापान तथा शुभकामना कार्यक्रम गर्न पनि बन्देज गरिएको छ । कोभिड-१९ को जोखिम कम गर्दै चाडपर्व मनाउनुका साथै आफ्ना दैनिक आर्थिक क्रियाकलाप सुरु गर्नुपर्ने भएकाले सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरिएको छ । 

यसैगरी भीमाद नगरपालिकाले पनि अनावश्यक जमघट तथा यात्रा नगरी परिवारका सदस्यबीच मात्रै दशैं मनाउन अनुरोध गरेको छ । नगरप्रमुख मेखबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै कोभिड-१९ को सङ्क्रमण न्यूनीकरणका लागि आफ्नै परिवारका सदस्यबीच मात्रै घर घरमै दसैं मनाउन आग्रह गरेका छन् ।

Royal Enfield Island Ad

कोरोना भाइरसको जोखिमबाट आफू बच्दै अरुलाई पनि बचाउनु सबैको कर्तव्य भएकाले चाडपर्वमा अनावश्यक यात्रा नगर्न नगरपालिकाले अनुरोध गरेको हो । नगरपालिकाले अनावश्यक भिड हुने मेला, जात्रा, महोत्सव, जमघट, चियापान तथा शुभकामना आदानप्रदान नगर्न, जुवातासलगायत कानुनले निषेधित गरेको कार्य नगर्न, बिदाको समयमा अनावश्यक घुमफिर नगर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा आग्रह गरेको छ । -रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro