site stats
बाह्रखरी :: Baahrakhari
विशेष
प्रदेश १ मा थप ५ संक्रमितको मृत्यु, ४८१ संक्रमित थपिए

विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । 

प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैंचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहबीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता, झापाको बिर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३,  शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको  खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्