site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
सुपर कपमा बायर्न र सेभिल्ला भिड्दै
SkywellSkywell

एजेन्सी । यूईएफए सुपर कपको उपाधिका लागि आज (बिहीबार) जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दै छन् । खेल हंगेरीको पुस्कास एरिनामा नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुनेछ । 

सुपर कपको उपाधिका लागि बायर्न च्याम्पियन्स लिगको विजेता र सेभिल्ला युरोपा लिगको विजेताको हैसियाले भिड्न लागेका हुन् । गत सिजनमा दुई घरेलु उपाधि र च्याम्पियन्स लिग ट्रफी जित्दै आत्मविश्वास बनेको बायर्न सुपर कपको उपाधि पनि जित्न चाहन्छ । तर, सेभिल्लाका प्रशिक्षक जुलियन लोपेटुइकी च्याम्पियन्स लिग विजेता बायर्नको सामना गर्न तयार छन् ।
 
बायर्नका कप्तान मनुएल न्युयरले आफू सेभिल्लाको सामना गर्न तयार रहेको बताएका छन् । “हाम्रो दृष्टि खेलमा छ । हामी हेर्नेछौं कि मैदानमा कस्तो हुनेछ,” उनले भने, “हामी फुटबल खेल्न यहाँ आएका छौं । त्यसैले हाम्रो लक्ष्य छ, यूईएफए सुपर कपको उपाधि जित्ने छौं ।” 

Dabur Nepal
NIC Asia

बायर्नले च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च लिग वान च्याम्पियन पीएसजीलाई पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा बायर्नले पीएसजीलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको थियो । 

यता सेभिल्लाले भने युरोपा लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको थियो । सेभिल्ला युरोपा लिगको सर्वाधिक उवाधि जित्ने टोलीसमेत हो । सेभिल्लाले सर्वाधिक १३औं पटक युरोपा लिगको उपाधि जितेको थियो ।

पछिल्लोपटक यी दुई टोली आमने-सामने हुँदा बायर्न बलियो देखिएको छ । च्याम्पियन्स लिग २०१८ मा भएको भेटमा पहिलो खेलमा बायर्न २-१ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro