site stats
बाह्रखरी :: Baahrakhari
विशेष
वामदेवलाई प्रचण्डको प्रश्‍न– अब के गर्नुहुन्छ ? वामदेवको उत्तर– कुनै गुटमा लाग्दिनँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै कुनै पनि गुटमा नलाग्ने स्पष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष गौतमबीच मंगलबार भएको भेटका बारेमा स्पष्ट पार्दै बुधबार बिहान जारी गरेको प्रेस नोटमा गौतमले आफू कुनै गुटमा नलाग्ने स्पष्ट पारेको जानकारी गराएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्ष्पकमल दाहालले साउन २० गते मंगलबार बिहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख वामदेव गौतमसँग भेट गर्नुभएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्,” उनले भनेका छन्, “ उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही विषयमा संक्षिप्त कुरा गर्नुभएको हो ।”

साउन १३ गते नै उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष राखेको प्रस्तावलाई अर्का अध्यक्ष केपी शर्मा ओलीले समर्थन रहेको स्पष्ट पारिसकेका छन् । अध्यक्ष दाहालसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभइ पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन् ।

“प्रचण्डले अब तपाईँ के गर्नुहुन्छ ? भनी सोध्नुभयो,” सुवेदीले भनेका छन्, “उपाध्यक्ष गौतमले म ठूलो सानो कुनै पनि गुटमा लाग्दिनँ भनी प्रचण्डलाई बिदा गर्नुभयो ।”
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्