site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ब्राजिलमा २४ घण्टामा १ हजार १५३ संक्रमितको मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रण तिव्र गतिमा फैलिरहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

ब्राजिलमा हालसम्म २० हजार ४७ जनाको ज्यान गइसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो २४ घण्टामा ब्राजिलमा १६ हजार ७३० संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा ३ लाख १० हजारमा संक्रमण देखिसकेको छ ।

संक्रमित मध्ये १ लाख २५ हजार ९६० जना निको भइसकेका छन् । १ लाख ६४ हजार ८० उपचार गराइरहेका छन् । ८ हजार ३१८ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।   
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०७:१४
प्रतिक्रिया दिनुहोस्