ललितपुर । प्रथम ललितपुर महानगरपालिका राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार सुरु भएको प्रतियोगिताले पर्यटन वर्ष २०२० लाई सघाउने विश्वास गरिएको छ ।
नेपाल बालकुमारी क्योकुसिन कराँते संघको आयोजना गरेको प्रतियोगिता सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुभारम्भ गरेका थिए ।
प्रतियोगितामा १० तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । जसमा ७ स्पर्धा पुरुषका र ३ स्पर्धा महिलाका रहेका छन् ।
प्रतियोगितामा ३६ जिल्लाका करिब ३ सय महिला पुरुष खेलाडीको सहभागी रहेको छ । प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीले नगद १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २५ सय रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक विकास महर्जनले जानकारी गराए । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
तस्बिर : हरिशजं क्षेत्री