site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेइजिङ (चीन) । चीनले अमेरिकी एक संस्थाद्वारा चीनको धार्मिक स्वतन्त्रताका विषयमा हालै जारी गरेको प्रतिवेदन पूर्वाग्रही रुपमा आएको भन्दै शुक्रबार उक्त प्रतिवेदनप्रति आलोचना गरेको छ ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता मामिला अध्ययन गर्ने उक्त संस्थाको वार्षिक प्रतिवेदनमा धार्मिक स्वतन्त्रताका विषयमा विशेष चासो राख्न अमेरिकी सरकारलाई दिएको सुझावमा चीन पनि समावेश गरिएको प्रति चीनले यसले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ सरकार आफ्ना नागरिकको धार्मिक स्वतन्त्रताका विषयमा मुलुकको कानुनअनुसार सचेत एवम् सजक रहेको, विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले सञ्चारकर्मीलाई नियमित प्रेस ब्रिफिङका क्रममा बताए ।

यो प्रष्ट र विवादरहित कुरा छ कि चिनियाँ सबै जातीय समुदायले धार्मिक विश्वासका आधारमा पूर्णतया धार्मिक स्वतन्त्रताको आनन्द लिइरहेका छन्, गेङले थपे ।

Global Ime bank

प्रवक्ता गेङले अमेरिकी सिआईआरएफ चीनविरुद्ध पूर्वाग्रही रहेको, धर्मका बारेमा प्रगति गराउने विषयमा चुकेको र भ्रामक समाचार बाहिर ल्याएको दाबी गरे । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement