site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ ।

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईलाई प्लास्टिकको बोराको कोक्रोमा राखी हल्लाउने क्रममा भुइँमा खस्दा मृत्यु भएको जिप्रका सुनसरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बालिका मृत फेला 

सुनसरीको चाँदबेला गाविसबाट हराएकी एक बालिका आज मृतवस्थामा फेला परेकी छन् ।

Global Ime bank

यही फागुन १२ गते बिहीबार चाँदबेला–९ का रामपुकार मोडियारीका ११ वर्षीया छोरी अमिताकुमारी मोडियारी स्थानीयवासीको विवाहमा गएको र फर्केर नआएपछि खोज्दै जाँदा मृतावस्थामा भेटिएको जिप्रका सुनसरीले जनाएको छ ।

स्थानीयवासी बुदे मोडियारी र रञ्जित मोडियारीको छोराछोरीको विवाहमा राति गएको र घर फर्की नआएपछि खोजी गर्दा आज बिहान मृतावस्थामा फेला परेको हो ।

अमिताको घरदेखि ३०० मिटर दक्षिणमा रहेको पानी जाने पैनीको ह्युमपाइपभित्र शङ्कास्पद अवस्थामा शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेको स्थानीयवासी र प्रहरीले आशङ्का गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC