site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्याक्स चोरीको आरोपमा डेनी डेन्जोङपा पक्राउ, १३ बलिउड सुपरस्टारमाथि आरटीओको निगरानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाराष्ट्र आरटीओ (रोड ट्याक्स अफिस) ले रोड ट्याक्स भुक्तान नगरेपछि बलिउड अभिनेत डेनी डेन्जोङपा माथि २९ लाख ५६ हजार २ सय ३० रुपैयाँको जरिमाना लगाएको छ । भारतीय अनलाइन भाष्करका अनुसार उनीमाथि यो जरिमाना रेन्ज रोवर कारका कारण लागेको होे, जसको नम्बर प्लेट  मुम्बईको थियो । उनी मुम्बईमा ड्राइभिङ गरिरहेका थिए, उनलाई भारतीय कानुनअनुसार रोड ट्याक्सका दायरामा लिइएको छ । उनलाई जरिमानासमेत मागिएको छ । 

असिस्टेन्ट आरटीओ अफिसर विश्वम्भर सिन्देका अनुसार अन्य राज्यका गाडी चलाउनेलाई निगरानी गर्न समूह निर्माण गरिएको छ । १३ फेब्रुअरी डेनीको कारमा सिक्किमको नम्बर भेटेको ती अधिकारीले बताए । उनले भने, “जब उनी महाराष्ट्र रोड ट्याक्स पेमेन्ट गरेको रसिद भेटिएन तब हामीले कारलाई जफत गरेर अन्धेरी अफिसमा राखेका थियौँ ।” बुधबार डेनीको ड्राइभर आएर जरिमाना तिरेर कार लगेको उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्य बलिउड स्टार पनि निगरानीमा

महाराष्ट्र आरटीओले रोडट्याक्स भुक्तानी नगर्नेहरूको अनुसन्धान सुरु गरेको छ । बलिउडका १३ शीर्ष कलाकारसहित ३४ जना यो निगरानीमा छन् । र, उनीहरू कानुनको फन्दामा पर्ने अधिकारीको भनाइ  छ । उनीहरू यो मामिलामा दोषी देखिएका छन् । अहिले विभागले यो नामलाई सार्वजनिक गरिएको छैन । तर एक उच्च अधिकारीका अनुसार यी स्टार एकसय करोडको चलचित्र बनाउँछन् तर, ट्याक्स तिर्दैनन् । यो सूचीमा सात ठूला हिरोइन, दुई संगीतकार र नौजना गायक पनि छन् । 

Global Ime bank

अधिकारीका अनुसार कार मुम्बईबाट किनिएको भएपनि यसको रजिष्ट्रेसन अन्य प्रदेशमा गरेका छन् । जसको उद्देश्य ट्याक्स चोरी गर्नु हो । बलिउडसँग जोडिएकाले पछिल्लो तीन वर्षमा एक सय बीस करोडभन्दा बढी ट्याक्स तिरेका छैनन् । अब यो रकम असुल्ने अधिकारीको भनाइ छ । आरटीओ अधिकारीका अनुसार अहिलेसम्म १२ जनालाई सूचना पठाइएको छ । तर, कसैले पनि जवाफ दिएका छैनन् ।  

भाष्कर अनलाइन लेख्छ– अहिले आरटीओले एक विशेष समूह गठन गरेर ट्याक्स चोरलाई धरपकड गर्दैछ । कैयौँ स्टारले पक्राउ पर्ने डरले आफ्नो कारलाई फार्महाउमा र अन्य ठाउँमा लुकाएर राखेका छन् । कैयौँ ठूला अधिकृत र मन्त्रिलाई पनि यसबाट बचाउन फोन गरिरहेका छन् । तर, यो पटक आरटीओ कसैलाई छोड्ने दाउमा छैन । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७३  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement