site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुन काण्डमा विमानस्थलका एसएसपी तानिए, अझै माथिका ‘हाकिम’ तानिन सक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । विमानस्थलबाट हुने सुन तस्करीमा दोषी देखिएपछि विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री प्रहरी मुख्यालयमा तानिएका छन् । 
डेढ साताअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विमानस्थलबाट बरामद गरेको भन्सार छलीको सुनमा विमानस्थलका प्रहरी अधिकारीको पनि संलग्नता रहेको खुलेपछि मुख्यालयले आइतबार एसएसपी खत्रीलाई अनुसन्धानका लागि प्रहरी मुख्यालयमा तानेको हो ।

नेपाल प्रहरीका सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले भने खत्री मुख्यालय तानिनुको कारण खुलाउन चाहेनन् ।

“सुन काण्ड भन्ने छैन, अनुसन्धान गर्नुपर्ने भएकाले हामीले हेडक्वार्टरमा सरुवा गरेका हौं,” उनले बाह्रखरीसँग भने, “कुनै घटना विशेष भन्दा पनि केही अनुसन्धान गर्नुपर्ने भएकाले हेडक्वार्टर तानिएको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

३४ किलो सुनसँगै पक्राउ परेका भरिया गोपालबहादुर शाहीको बयानका आधारमा सुन रिसिभ गर्ने मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई ब्युरो टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि बजारसम्म सुन पुर्याउने राजकुमार कार्की पक्राउ परे ।

त्यसपछि उनको बयानका आधारमा भन्सारको एक्स–रे मेसिनका इन्चार्ज श्रीनारायण यादव र अर्का एक पनि पक्राउ परिसकेका छन् । 

Global Ime bank

सीआईबी स्रोतका अनुसार भन्सारका कर्मचारी पक्राउ परेलगत्तै सुन सेटिङमा एसएसपी तथा डीआईजीसमेतको संलग्नता खुलेको छ ।

“पक्राउ परेका भन्सार कर्मचारीको बयानबाट नै प्रहरीका उच्च अधिकारीले सेटिङबापत भाग पाउने गरेको खुलेको हो,” स्रोत भन्छ, “एसएसपीलाई भर्खरै हेडक्वार्टरले तानेको छ, त्योभन्दा माथिका पनि कहिले तानिने हुन्, भन्न सकिन्नँ ।”

स्रोतका अनुसार पक्राउ परेका भन्सारका कर्मचारीले सेटिङमार्फत सुन भित्रिँदा प्रहरीका ‘हाकिम’लाई पनि त्यसको भाग दिने गरेको बयान दिएका छन् ।

एक पटक सुन भित्रिँदा प्रहरी अधिकारीहरूले कम्तिमा एक लाख रुपैयाँ लिने गरेको प्रहरी बयानमा खुलेको ब्युरो स्रोतको दाबी छ । पक्राउ परेका भन्सारका कर्मचारीले आफ्नै हातले प्रहरीका ‘हाकिम’लाई पैसा दिएको बयान दिएको सीआईबी स्रोतले बताएको छ । 

अनुसन्धान अधिकारीहरूका अनुसार तस्करीको सुन कसले कति अर्डर गरेका थिए भनेर चाँडै खुल्दैछ । न्युरोडको नाम चलेकै सुन पसलेले पनि तस्करीको सुन लिने गरेको देखिएको स्रोतले जानकारी दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC