site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालमा भारत र चीनविरोधी गतिविधि हुनै दिँदैनौं: रक्षामन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीनविरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका छन् । 
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खाँडले भारत र चीन दुवै नेपालका असल छिमेकी मित्रराष्ट्र भएकाले दुवै देशविरोधी गतिविधि नेपालमा हुनै नदिने बताएका हुन् । उनले अघि थपे,“दुवै देश हाम्रा उच्च महत्व बोेकेका छिमेकी मित्रराष्ट हुन, दुवै मुुलुक जनसंख्या र भुगोलको हिसावले विशाल मुलुक हुन् ।”
उनले भारत र चीनको विकासको लागि पनि छिमेकी मुलुकमा शान्ति र स्थिरता हुन आवश्यक भएकोले चीन र भारत दुवै देशको विकास होस भन्ने आफूहरुको चाहना रहेको बताए । 
मन्त्री खाँडले नेपाल दुवै विशाल छिमेकी मुलुकहरुको वीचमा रहेकोले यसको सूरक्षाको महत्व रहेको बताउँदै भने, “यसको धेरै ठूलो रणनैतिक महत्व छ, नेपालले संसारका कुनैपनि देशको खिलाफामा विरोधी गतिविधि हुन दिनुहुँदैन, र नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिनुहुँदैन ।”
उनले त्यसको लागि नेपालले भारतीय र चिनियाँ सरकार र जनतामा कुनै शंका उपशंका गर्न दिन नहुने जिकिर गरे । उनले भने, “त्यसैले हाम्रो निश्कर्ष भनेको नै नेपालमा भारत र चीनविरोधी गतिविधि गर्न दिनुहुँदैन्, त्यही अनुसार नै हामी बढो उच्च सर्तकताका साथ अघि बढिरहेका छौं ।”
नेपाली सेनालाई संघीय संरचनाअनुुसार नै ७ प्रदेशमै नेपाली सेनाको उपस्थिति होस् र सेनाको सञ्चालन केन्द्रिय संघीय सरकारले नै गर्ने र समन्वयकारी भूमिकाको लागि ७ वटै प्रदेशमा उपस्थिति होस् भन्ने सेनाको सोँचाईलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।
उनले मुलुक यतिवेला संविधान कार्यान्वयनतर्फ अघि बढिरहेको बताए । संविधान संशोधनमार्फत सबैको अपनत्व हुनेगरि संविधान संशोधनको प्रयत्न भैरहेको समेत उनले स्प्ष्ट पारे । 
नेपाली काँग्रेसका नेता समेत रहेका खाँडले पार्टीको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गरे । महाधिवेशन निर्देशक समितिका संयोजक समेत रहेका खाँडले पार्टीमा अहिले कुनै खेमा नभएकोले महाधिवेशन पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहमतिअनुसार नै हुने जिकिर गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC