site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको प्रस्ताव– ५ नम्बर प्रदेशका पहाडी जिल्ला ४ र ६ नम्बरमा गाभ्ने, अंगीकृत नागरिकता लिएको १० वर्षमा संवैधानिक पदमा नियुक्ति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन प्रस्ताव तयार पारेको छ । 
सरकारले तयार पारेको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भने भइसकेको छैन । सरकारले तयार पारेको प्रस्तावमा अंगीकृत नागरिकता प्राप्त गरेको १० वर्षमा संवैधानिक पदमा नियुक्तिका लागि बाटो खुला हुने भएको छ ।
संशोधन प्रस्तावमा नेपालको संविधानको धारा २८९ को उपधारा (१) को सट्टा देहायको उपधारा (१) राखिएको छ- (१) यस संविधानबमोजिम नियुक्त हुने संवैधानिक पदहरूमा वंशज र जन्मका नाताले नेपालको नागरिक भएको व्यक्ति वा अंगीकृत नागरिकता प्राप्त गरी कम्तीमा १० वर्ष नेपालमा बसोबास गरेको व्यक्तिमात्र नियुक्तिको लागि योग्य मानिनेछ । 
नागरिकताका सम्बन्धमा भएको छलफलमा मोर्चा र सरकारबीच यस्तो सहमति बनेको थियो । त्यसैगरी प्रदेश सभाका सदस्यहरूको निर्वाचन मण्डलबाट एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ३ जना तथा बाँकी प्रदेशको जनसंख्याको मत भारको आधारमा निर्वाचित ५६ जना रहनेछन् ।
त्यसैगरी प्रदेशको सिमांकन हेरफेर गर्नेगरी प्रस्ताव तयार पारिएको छ । प्रदेश नम्बर पाँचमा रहेका पहाडी जिल्लाहरूलाई प्रदेश नम्बर ४ र ६ मा गाभिएको छ भने बाँकी पाँच जिल्लाको विवाद आयोगले सुल्झाउने भनिएको छ ।
प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासीको पूर्वी भाग थिए भने अब पाल्पा, गुल्मी र अर्घाखाँची थप भएको छ । नवलपरासीको बाँकी भाग पनि ५ नम्बर प्रदेशमै गाभिने भएको छ । 
प्रदेश नम्बर ५ मा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामात्र रहनेछन् भने प्रदेश नम्बर ६ मा रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत थिए भने अब रोल्पा र प्युठान जिल्ला थप हुनेछन् ।
बाँकी जिल्लाको सीमा निर्धारणका लागि आयोग गठन गर्ने संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।
सरकारले मोर्चाका नेताहरूसँगको छलफलमा यस्तो प्रस्ताव तयार पारेको स्रोतको दाबी छ ।
मस्यौदा तयार पार्ने काम गृहमन्त्री विमलेन्द्र निधि र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले गरेको उच्च स्रोतले जानकारी दियो ।
तर, कर्णले भने आफू सहभागी नभएको बताएका छन् । उनले प्रस्तावका बारेमा आफूसँग छलफल समेत नभएको दाबी गरे । उनकै पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने आफूहरूले दिएको सुझावका आधारमा प्रस्ताव तयार भएको बताए ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC