राजनीति
काठमाडौं । तीनदिने राजकीय भ्रमणमा नेपालमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज बेलुका सबै दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् ।
उनी बसेको होटल ह्यातमा पुगेर नेताहरुले भेटवार्ता गर्नेछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, मधेसी मोर्चामा आवद्ध दलका नेतालाई भेट्ने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, सीतादेवी यादव, रामशरण महत लगायतका नेताहरु ह्यात पुग्दैछन् ।
त्यसैगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरु पनि ह्यात जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी अध्यक्षका हैसियतमा भेटवार्ता गर्ने तयारी छ । मधेसी मोर्चामा आवद्ध राजनीतिक दलका नेताहरु पनि भेटवार्ताका लागि ह्यात जाने जाने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३ ०७:५८
प्रतिक्रिया दिनुहोस्