site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महिला मतदाता मात्र हैन, सक्षम शासक पनि बन्न सक्छन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन धुमधामका साथ बुधबारदेखि राजधानीमा सुरु भएको छ । वि.सं. २००४ सालमा मंगलादेवी सिंहको नेतृत्वमा स्थपना भएको महिला संघ स्थापनाको झण्डै ६० वर्षपछि तेस्रो महिधेवेशन सुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गरेका छन् । 
महाधिवेशन उद्घाटनमा बोल्ने अधिकांश महिला नेतृहरुले पार्टीभित्र ५० प्रतिशत स्थान महिलाको लागि सुरक्षित हुनुपर्ने माग गरेका छन् । पार्टी कोषाध्यक्ष तथा शान्तिमन्त्री सिता देवी यादवले पुरुषको सहयोगविना महिला अघि बढ्न नसक्ने जनाउँदै उनले निष्ठाको राजनीति तथा देशको विकास गर्न आगामी दिनमा महिलालाई प्रधानमन्त्री बनाइनुपर्ने बताइन् । मन्त्री यादवले अधिकार मागेर नपाउने जनाउँदै अब महिलाले आफ्नो अधिकार खोसेर लिनुपर्ने बताईन् । उनले भनिन्, “राष्ट्रियता जोगाउन र निष्ठाको राजनीति गर्न पनि महिला नेतृत्वमा आउन जरुरी छ । तर पुरूषहरुले बोल्ने मात्र गरेका छन् त्यसैले अब महिलाले आफ्नो अधिकार खोसेर लिनुपर्छ ।”
यसैगरी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले अधिकार माग्नुअघि महिला पनि सक्षम हुनुपर्ने औंल्याइन् । आफू सक्षम भए मात्र स्वतन्त्र हुन सकिने र स्वतन्त्र भएमात्र अधिकार पाइने उल्लेख गर्दै कोइरालाले सक्षम नभए महिला जहिलेपनि नेताको दास मात्र हुनुपर्ने अवस्था आउने बताईन् । कोइरालाले भनिन्,“महिला सक्षम, सबल नभएमा जहिले पनि नेताको झोले मात्र भइन्छ । नेताको झोलेले कहिल्यै पनि अधिकार पाउँदैन उ जहिले पनि दास मात्र रहिरहन्छ ।”
कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले राजनीतिको मूलप्रवाहमा महिलालाई ल्याउन नसके राष्ट्रको विकास नहुने जिकिर गरिन् । उनले केन्द्र, प्रदेशदेखि स्थानीय स्तरमा महिलाको कम्तिमा ५० प्रतिशत अनिवार्य व्यवस्था हुनुपर्ने माग गरिन् । पूर्वमन्त्री समेत रहेकी यादवले भनिन्, “आँउदो निर्वाचनमा नेपाली कांग्रेसले केन्द्रदेखि स्थानीय स्तरसम्म कम्तिमा ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्छ ।”
यसैगरी महिला संघकी तदर्थ समितिकी अध्यक्ष डिला संग्रौलाले पनि आउँदो सबै निर्वाचनमा ३३ प्रतिशत नभई ५० प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्थ गर्न माग गरिन् । महिलाले पूरुषले गर्ने हरेक काम गर्न सक्ने जनाउँदै संग्रौलाले नेपाली कांग्रेसले आउँदो दिनमा महिलालाई प्रधानमन्त्री बनाउन पर्ने बताइन् । 
यस्तै महिला संघकै पूर्वअध्यक्ष तथा पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी मीना पाण्डेले महिलालाई ३३ प्रतिशत नभई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न माग गरिन् । उनले दाहिने र बायाँ दुवै गोडा नचलेमा दुर्घटना हुने बताउँदै दुर्घटनाबाट जोगिन पनि महिला र पूरुषले समान हक पाउनुपर्नेमा जोड दिईन् । महिलाले देश चलाउन सक्ने बताउँदै पाण्डेले भनिन्, “अहिलेको मन्त्रिमण्डलमा पार्टीले एक जनामात्र महिला मन्त्री पठाएको छ । यसबाट पनि थाहा हुन्छ पार्टीले महिला माथि न्याय गरेको छैन । म पार्टी नेतृत्वलाई भन्न चाहन्छु, महिला मतदाता मात्र हैन, शासन चलाउने सक्षम शासक पनि बन्न सक्छन् ।”
बुधबार सुरु भएको महिला संघको महाधिवेशन तीन दिनपछि सकिदैंछ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय