site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं  । कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । 
मंगलबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण सद्भावको भ्रमण हुने जनाए । 
उनले प्रधानमन्त्रको भ्रमणमा लगानी भित्र्याउने बारेमा विशेष कुरा हुने समेत विश्वास व्यक्त गरे । 
पूर्वराजदुत एवम् पराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा पेन्डिङ्ग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा भ्रमणको एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । शर्माले भने,“परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।” 
भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले भने,“लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।”
भारतले दिएको सफ्ट लोनको समेत नेपालले सही सदुपयोग गर्न नसकेको भन्दै त्यसको सदुपयोगको लागि पनि नेपालले तयारी गर्नुपर्ने शर्माको सुझाव थियो । 
अर्थविद् डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिङ्स प्रोजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे । 
भारतसँग नेपालको ठूलो व्यापार घाटा रहेकोले त्यसलाई कम गर्नेतर्फ समेत प्रधानमन्त्रीले आफ्नो भ्रमणमा विशेष कुरा गर्नुपर्ने बताए ।
भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,“हामीले यसबाट फाईदा उठाउनुपर्छ ।”
डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे । 
पाण्डेले प्रधानमन्त्री दाहालको भारत भ्रमणको केही एजेण्डाहरु भने उदेकलाग्दो रहेको टिप्पणी गरे । प्रधानमन्त्रीले भारतको हिमाञ्चल प्रदेशमा जलविद्युतको विकास हेर्न जाने कुरा नेपालको लागि नौलो नभएको उनको टिप्पणी थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC