site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको बजेट छलफलमा भाग नलिने विपक्षी दलहरूको निर्णय
SkywellSkywell

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलले प्रदेश सरकारले ल्याएको बजेट संशोधन नगरेको अवस्थामा प्रदेशसभाको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेका छन् । मंगलबार बिहान बसेको एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको बैठकले बजेट संशोधन गर्नुपर्ने, सरकार संशोधन गर्न तयार नभएको अवस्थामा प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक प्रदेशसभा सदस्यका अनुसार बजेट संशोधनको मागसहित प्रतिपक्ष दलले १४ बुँदे ध्यानाकर्षणपत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने तयारी गरेका छन् । नेकपा (एमाले) का प्रमुख सचेतक लीलाधर भट्टले पनि विपक्षी दलको संयुक्त बैठक भर्खरै सम्पन्न भएको बताउँदै छलफलका लागि मुख्यमन्त्री भट्टले बोलाएकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गइरहेको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

"प्रदेशसभामा प्रतिनिधित्व गर्ने हामी प्रतिपक्षी दलको संयुक्त बैठक बसेर बजेट संशोधनलगायत विषयमा केही निर्णय गरेका छौँ," भट्टले भने, "ती निर्णयसहित अहिले मुख्यमन्त्रीसँग छलफलमा सहभागी हुन जाँदै छौँ ।" अहिलेको बजेट सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिभन्दा सरकारका मन्त्रीहरू समृद्ध बन्नेगरी ल्याइएकाले सच्याउनुपर्ने निष्कर्ष प्रतिपक्षी दलले निकालेका छन् । 

बजेटमाथि प्रतिपक्ष दल भन्दा पनि सत्तारुढ सांसदहरूबाट बढी आलोचना खेपिरहेको प्रदेश सरकारले अहिलेसम्म छलफल गर्न सकेको छैन । प्रदेशसभा सदस्यहरूकै विरोधका कारण पटक–पटक बैठक स्थगित हुँदै आएको छ । 

बजेटमाथि छलफल गर्न सोमबार दिउँसो ३ बजे बोलाइएको बैठक सञ्चालनका लागि गणपूरक संख्या नपुगेको तथा प्रतिपक्ष दल सहभागी नभएको भन्दै सभामुख अर्जुनबहादुर थापाले मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए । तर, अहिलेसम्म बजेटमाथि छलफल गर्ने विषयमा दलहरूबीच ठोस सहमति नभइसकेका कारण फेरि प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro