site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी, समयमै हुने मन्त्रीको दाबी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने भनिएको ‘नवौं राष्ट्रिय खेलकुद–२०७९’ तोकिएको समयमै हुने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । प्रतियोगिताको मूल आयोजक समितिले शुक्रबार प्रतियोगिताको निर्देशिका जारी गरेको छ । 

मूल आयोजक समितिको पहिलो औपचारिक बैठक काठमाडौंमा निर्देशिका जारी गर्दै सम्पन्न भएको हो । पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट सार्वजनिक गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नवौं राष्ट्रिय खेलकुदका लागि अर्थ मन्त्रालयले ६० करोडको बजेट स्वीकृत गरिएको बताइएको छ । प्रतियोगिताको मूल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ । मूल आयोजक समितिमा २७ सदस्य हुने र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै समितिको सदस्यसचिवका रूपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ । 

बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागीय टोलीका प्रमुखहरू उपस्थित थिए । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मूल आयोजक कमिटीको बैठक आह्वान गरेको बताए । मन्त्री गहतराजले बजेट निकासा भइसकेका कारण कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताए ।

Global Ime bank

पटकपटक सारिएको प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । २ खेल प्रदर्शनीको रूपमा आयोजना हुने राखेपले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर, कोभिडका कारण धकेलिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement