site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतार विश्वकपमा रंगशालाभित्र मदिरा प्रतिबन्ध !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कतार विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । स्रोतका अनुसार खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ ।

२०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो । जसका कारण आयोजक र प्रतियोगिता प्रायोजकहरूका लागि अनौठो चुनौति हुने भएको छ । बियर पिउने प्रशंसकहरूलाई लक्षित गरेर विश्वव्यापी ब्रान्डहरूले प्रायोजन गरेका हुन्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“रंगशालाभित्र मदिरा लैजान नपाउने नियमलाई अन्तिम रूप दिन बाँकी नै छ । तर, हालको छलफल भनेको समर्थकहरूलाई रंगशाला छिर्नुअघि र बाहिरिँदा बियर पिउन अनुमति दिने हो । खेलको समयमा वा रंगशालाभित्र मदिरापान गर्न छुट दिइने छैन,” स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ । 

२ जुन मितिको डकुमेन्टअनुसार आयोजकले अनुमानित १२ लाख समर्थकको मागलाई कसरी सम्हाल्ने भनेर योजना बनाइरहेका छन् । अल्कोहल र फुटबलको सम्बन्ध लामो समयदेखि कठिन बन्दै गाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको दबाबपछि २०१४ को विश्वकपको आयोजक ब्राजिलले रंगशालामा लगाएको अल्कोहलको प्रतिबन्ध हटाएको थियो ।

Royal Enfield Island Ad

सन् २०१० मा खाडी अरब राष्ट्रले आयोजना गर्ने अधिकार जितेसँगै २०२२ को विश्वकपमा मदिराबारे प्रश्नचिह्न खडा भएको थियो । छिमेकी साउदी अरबजस्तो मदिरा प्रतिबन्धित राज्य नभए पनि कतारमा सार्वजनिक स्थानमा मदिरा सेवन गैरकानुनी छ ।तथापी, नोभेम्बरबाट सुरु हुने विश्वकपमा समर्थकहरूले राजधानी दोहाको अल बिदा पार्कमा अवस्थित ‘फिफा फ्यान जोन’का केही भागहरूमा प्रतिबन्धित समयमा पनि बियर किन्न सक्नेछन् । 

रंगशाला र मुख्य फ्यान जोनबाट केही किलोमिटर टाढा रहेको दोहा गल्फ क्लबको एक कुनामा १५ देखि २० हजार समर्थकहरूका लागि मदिरा पिउने सुविधा उपलब्ध हुने जनाइएको छ । त्यस्तै, होटेलको डेलिभरि प्रवेशद्वार र जिल्ला कुलिङ प्लान्टको बीचमा अवस्थित तीन मिटर पर्खालले घेरिएको बालुवाको प्लटलाई टेक्नो संगीत र मदिरा पिउन पाउने स्थान बनाउने भनिएको छ । जहाँ १० हजार क्षमताले मनोरञ्जन लिन सक्नेछन् । 

आयोजकका प्रवक्ता तथा डेलिवरी एन्ड लिगेसीको सुप्रिम कमिटी प्रमुखले फिफासँग मिलेर २८ दिने प्रतियोगिताका लागि मदिराको उपलब्धताबारे योजना घोषणा गर्ने बताएका छन् । “कतारमा होटल र बारहरू जस्ता तोकिएका क्षेत्रहरूमा रक्सी उपलब्ध हुन्छन् । यो २०२२ मा परिवर्तन हुनेछैन । २०२२ मा भ्रमण गर्ने समर्थकलाई लक्षित गरेर प्रतियोगिताको समयभर थप तोकिएको क्षेत्रहरूमा रक्सी उपलब्ध हुनेछ,” प्रवक्ताले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro