site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला युरो २०२२ः कीर्तिमानी दर्शकअघि इङ्ल्यान्डको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेथ मिडले गरेको गोलमा इङ्ल्यान्डले बुधबार राति महिला युरोपियन च्याम्पियनसिपमा कीर्तिमान दर्शक अगाडि अष्ट्रियालाई १–० ले हराएको छ । यससँगै इङ्ल्यान्डले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । 

इङ्ल्यान्डको ओल्ड ट्राफोर्डमा गएराति ६८ हजार ८७१ दर्शक उपस्थित थिए । यसअघि स्विडेनमा सम्पन्न २०१३ को फाइनलमा ४१ हजार ३०१ दर्शक उपस्थित थिए । कीर्तिमानी दर्शकले गुञ्जयमान बनेको रंगशालामा मिडले १६औं मिनेटमा गरेको गोल इङ्ल्यान्डको जितमा निर्णायक बन्यो । फ्रान किर्वीको पासलाई मिडले ‘चेष्ट’ले नियन्त्रणमा लिँदै फ्लिक गरिदिएको बल गोलमा परिणत भएको थियो । तथापि, गोल प्रमाणित गर्न गोल–लाइन प्रविधि साथ लिनु परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“आजको रात अभुतपूर्व रह्यो । जितका साथ हामीले प्रतियोगिताको सुरुआत गर्न पायौं । उक्त जितमा मैले गोल गर्न पाउँदा झनै खुसी छु,’’ मिडले भनिन् ।

इङ्ल्यान्डले विजयी सुरुआत गरे पनि प्रतियोगिताअघि बेल्जियम, स्विट्जरल्यान्ड र साविक विजेता नेदरल्यान्ड्स जस्ता टिमविरुद्ध विजय हासिल गर्दाको जस्तो अवसर सिर्जना गर्न भने असफल रह्यो । इङ्ल्यान्डले बेल्जियमलाई ३–०, स्विट्जरल्यान्डलाई ४–० र नेदरल्यान्ड्सलाई ५–१ ले हराएको थियो । 

Global Ime bank

जितसँगै इङ्ल्यान्ड ३ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । इङ्ल्यान्ड अब नर्वेसँग प्रतिस्पर्धा गर्नेछ । नर्वेले आज नर्दन आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !