राजनीति
![ठूलो दुर्घटनाबाट जोगियो कांग्रेस उपसभापति गुरुङ चढेको गाडी](https://12khari.top/uploads/posts/dhan gurung1656562317.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । रामेछापको गोगनेमा उनी चढेको गाडी अचानक सडक किनारबाट तलतिर पुगेको छ ।
उक्त गाडीमा यात्रारत सबै सकुसल रहेको गुरुङले जनाएका छन् । उनी ओखलढुंगाबाट काठमाडौं फर्किँदै गर्दा सडक किनारबाट तल पुगेको गाडी ढुंगाको ओट लागेकाले जोगिएको थियो । गाडीमा रहेका सबै यात्रु सकुसल रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ ०९:५६
प्रतिक्रिया दिनुहोस्