देश
काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–४ मा सडक अवरुद्ध भएको छ ।
अँधेरीखोला, पाँकुरी खोलामा लेदो माटोसहित झरेको पहिरोले गए रातिबाट भालुवाङ–प्युठान–रोल्पा जाने–आउने सवारी आवागमन प्रभावित भएको हो । प्युठान–भालुवाङ सडकखण्डअन्तर्गत पर्ने उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
प्युठानकै माण्डवी गाउँपालिका–५, चेरेनेटामा पनि गए राति २ बजे झरेको लेदो माटोसहितको पहिरोले सडक अवरुद्ध भएको प्रहरीचौकी बड्डाडाँडाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ ०९:५५
प्रतिक्रिया दिनुहोस्