site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आईजीपी नियुक्ति विवादको मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  सर्वोच्च अदालतले आईजीपी नियुक्तिसम्बन्धीको मुद्दालाई आज पनि हेर्दाहेर्दैमा राखेको छ । सरकारी पक्षले मुद्दा टुंगिनुअघि एआईजी विश्वराज पोखरेलेको 'अवधि सकिन्छ' भन्ने भनाइले आशंका बढिरहेका बेला सर्वोच्चले तेस्रोपटक मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

गत वैशाख १८ गते मन्त्रिपरिषद्ले १६ महिना सिनियर एआईजीलाई छोडेर भर्खरै एआईजी बढुवा भएका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि एआइजी पोखरेल जेठ ३० गते अन्तरिम आदेशको मागसहित सर्वोच्च पुगेका थिए । वैशाख २२ गते न्यायाधीश सुष्मलता माथेमाको इजलासले सिंह आईजीपी नियुक्त भई कामसमेत सुरु गरिसकेकाले अन्तरिम आदेशको औचित्य नहुने भन्दै अन्तिम आदेश चाँडो दिनुपर्ने ठहर गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही इजलासले जेठ १७ गते दुवै पक्षले मुद्दा रोक्न नपाउने र लगातार सुनुवाई गरी अन्तिम आदेशमै आवश्यक आदेश हुने भनेको थियो । तर, १७ जेठमा एआईजी पोखरेलेका रिट न्याय नपाएरै सेवा निवृत्त भइसकेका पूर्वडीआइजी ईश्वरबाबु कार्कीसहितको रिटसँगै राखेका थियो । त्यसपछि जेठ ३० का लागि तोकिएकोमा कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेपछि मुद्दा हेर्दाहेर्दैमा रहँदै आएको छ ।

सोमबार आईजीपी नियुक्ति विरुद्धको रिट तेस्रोपटक हेर्दाहेर्दमा परेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय