site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रुँदै बिदा भइन् रामकुमारी झाँक्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।

मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् ।

आठ महिना २० दिन सहरी मन्त्रालयको नेतृत्व सम्हालेको उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । उनले पछिसम्मै आँसु पुछिरहिन् । यतिसम्मकि पत्रकाहरूले जिज्ञासा राख्दा उनी झन् भावुक बनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि आफूलाई सम्हाल्न उनले हाँसो पनि देखाइन् ।

Global Ime bank

बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले मायाको चिनो प्रदान गरेका थिए । मन्त्रीको जिम्मेवारी दिएकोप्रति उनले आफ्नो पार्टी, प्रधानमन्त्री र कर्मचारीहरूलाई धन्यवाद दिएकी थिइन् ।

एकीकृत समाजवादबाट मन्त्री बनेकी उनलाई पार्टीले बोलाएको हो । उनीसहित अन्य चारजनालाई पनि पार्टीले बोलाएको छ । सुरुमा उनीहरूले मन्त्री पद छोड्न सर्त अघि सारेका थिए । तर, पार्टी र नेतृत्वको निरन्तरको दबाबका कारण उनीहरू पद छाड्न विवश भएका हुन् ।

उनीहरूको ठाउँमा अब एकीकृत समाजवादीले नयाँलाई पठाउने छ ।

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय