site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदन भण्डारीको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बिहीबार बल्खुस्थित मदननगरमा पुगी उनले श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

स्मृतिसभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरूको उपस्थिति थियो । उपस्थित नेता–कार्यकर्ताले मदन–आश्रितको सालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका थिए ।

Dabur Nepal
NIC Asia

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त नेपालको कम्युनिस्ट आन्दोलनमा पृथक् मानिन्छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro