site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी सिनेटबाट दशकौंपछि बन्दुक नियन्त्रण विधेयक पारित
Sarbottam CementSarbottam Cement

वासिंगटन डिसि । झण्डै ३० वर्षयताकै सबैभन्दा महत्त्वपूर्ण बन्दुक तथा हतियारसम्बन्धी कानुन अर्थात् बन्दुक नियन्त्रण विधेयक अमेरिकी सिनेटले पारित गरेको छ ।

विधेयकको पक्षमा ६५ मत खसेर अनुमोदन भएको हो । उक्त विधेयक आउनुमा गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा भएको सामूहिक गोलीकाण्डलाई श्रेय जान्छ, जसमा ३१ जनाको मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति जो बाइडेनले कानुनमा हस्ताक्षर गर्नु अगाडि विधेयक प्रतिनिधि सभामा पारित गर्नुपर्नेछ । जुन केहीदिन भित्रै हुने अपेक्षा गरिएको छ । यद्यपि, विधेयकमा परेका प्रस्तावहरू डेमोक्र्याट र कार्यकर्ताहरूले आह्वान गरेभन्दा धेरै कम परेको बीबीसीले टिप्पणी गरेको छ । 

विधेयकमा सुधारका लागि १५ बिलियन डलरको संघीय कोष खडा गर्ने उल्लेख छ । जसमा मानसिक स्वास्थ्य र विद्यालय सुरक्षा स्तरवृद्धिहरूका कार्यक्रम, बन्दुक खरिद गर्ने २१ वर्षभन्दा कम उमेरका खरिदकर्ताहरूको पृष्ठभूमी कडा रुपमा जाँच गर्ने उल्लेख छ ।  

Global Ime bank

यसअघि रिपब्लिकन पार्टीले अमेरिकी बन्दुक सम्बन्धी कानुनलाई बलियो बनाउन खोज्दा रोकेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय