site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
४/१२ कराेडकाे सीमा र जाेखिम भार बढाउँदा अहिले समस्या देखियो : अध्यक्ष हमाल
Sarbottam CementSarbottam Cement

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले माैद्रिक नीतिमा सेयर धिताे कर्जामा ४/१२ कराेडकाे सीमा र जाेखिम भार बढाउँदा सेयर बजार प्राभावित भएकाे बताएका छन् । 

उनले बाेर्डमा पत्रकार सम्मेलन आयाेजना गर्दै मार्जिन प्रकृतिकाे सेयर धिताे कर्जामा ४/ १२ कराेडकमे सीमा र जाेखिम भार १०० प्रतिशतबाट १५० प्रतिशत पुर्‍याउँदा समस्या आएकाे 'विज्ञहरूले बताएकाे' दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

"सेयर बजारमा समस्या आउनु ४/१२ प्रमुख कारण हाे । जसले सेलर्स मार्केट भयाे, वायर मार्केट भएन," उनले भने, "जाेखिमभार बढाएर १५० प्रतिशत पुर्‍याएकाे छ, अन्तर्राष्ट्रिय बजारमा पनि सेयर धिताेलाई सुरक्षित लगानी मानिन्छ । यी दुई कुरमा उचित व्वस्थापन भए राम्राे हुने थियाे । याे भए हुन्थ्याे भन्ने विज्ञकाे सुझाव आएकाे छ ।"

यसमा सम्बाेधन हुनुपर्छ भनेर अर्थमन्त्री, मन्त्रालयका दुवै सचिव, गभरन र आफूबिच जेठ २५ गतेकाे अर्थमन्त्रालयमा छलफल भएर समिति गठन भएकाे उनले बताए । उक्त समितिकाे सिफारिसकाे आधारमा माैद्रिक नीतिले सम्बाेधन गर्ने उनले बताए ।

Global Ime bank

"अमेरिका, भारत लगायत अन्य देशमा पनि बजार घटेकाे छ, तर, हाम्राेमा समस्या अरु पनि छन् । तरलता समस्या भएकाे हाे कि भनेर त्यसकाे सम्बाेधन गर्ने लक्ष्य लिएर हिँडेका छाैँ। विश्वका स्टक मार्केटमा पनि समस्या छ," उनले भने, "वित्तीय क्षेत्रमा नीतिगत परिवर्तन हुँदा वित्तीय क्षेत्रका निकायबिच समन्वयन जरुरी छ, त्याे सम्नवयन अर्थमन्त्रालयबाट हुनुपर्छ ।"

उनले राष्ट्र बैंककाे 'पाेलिसी' गलत छ भन्ने आसय आफ्नाे नरहेकाे तर विज्ञले भने ४/१२ ले सेलर मार्केट बनेकाे बताएकाे दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement