site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१३ वर्षीय नाबालकबाट खुलेको थियो प्रहरी जवान हत्याको रहस्य, यस्तो छ घटनाको अन्तर्य

काठमाडौं । ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्या सामान्य विवादका कारण चोरी गर्ने र फोहोर संकल्न गर्ने समूहले गरेको खुलेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले घिमिरेको हत्याका संलग्न सातजनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुरका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाका २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाका विजय चौधरी, ५६ वर्षीया नुनमाया कार्की छन् ।

त्यस्तै, नुवाकोटका २१ वर्षीय बुद्धलामा तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे अमृत तामाङ, एकजना १३ वर्षीय नाबालक छन् । उनीहरूले सामान्य विवादका कारण घिमिरेको हत्या गरेको खुलेको काठमाडौं प्रहरीका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

aaropi-manmaiju-1716115309.jpg
आराेपीहरू

उनीहरूमाथि थप अनुसन्धान जारी रहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हत्याका मुख्य आरोपी २१ वर्षीय सचिन परियार हुन् । सुरूमा घिमिरेमाथि परियारले नै आक्रमण गरेको खुलेको छ ।

हत्यामा संलग्न सातजना नै मनमैजुलगायतका स्थानका निर्माणाधिन घरहरूमा आश्रय बनाई बस्ने समूह हुन् । उनीहरू फोहोर संकलन गर्नेदेखि निर्माण भइरहेका घरहरूको ज्याला मजदुरी गर्ने गरेको पाइएको छ । त्योबाहेक सचिन विभिन्न चोरीमा संलग्न आरोपी समेत हुन् ।  

यसरी भएको थियो घिमिरेको हत्या

खोटाङ मजुवागढी नगरपालिका–१, का युवराज घिमिरे ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत थिए । बिहीबार साँझ ड्युटी सकेर उनी घर जाने भन्दै अफिसबाट निस्किए ।

मोबाइल समेत घर मै छाडेर ड्युटी निस्किएका युवराज अफिसबाट फर्केर सिधै घर नगई तोकेश्वर नगरपालिका–१, स्थित एक खाजा घर पुगे । यसअघि गोंगबु ट्राफिकमा कार्यरत हुँदा समेत उनी त्यहीँ खाना/खाजा खाने गर्थे ।

बिहीबार समेत त्यसैको निरन्तरता थियो । उनी खाजा खाँदै गर्दा सचिन र १८ वर्षीया अन्जली श्रेष्ठ पनि सोही खाजा घरमा खाना खाने भन्दै पुगे । सचिन र युवराजबीच पुरानो चिनजान समेत थियो । भारी बोक्ने तथा ज्याला मजदुरी गर्ने सचिनको अर्को खुंखार अपराध कर्म चोरी समेत हो ।

manmaiju-hatya-1-(1)-1716115427.jpg
घटनास्थल

युवराज भेटेपछि भने उनलाई मदिरा सेवनको अफर गरे । युवराजसँगै सचिन, अन्जली तीनजनाले नै मदिरा सेवन गरे । सचिन सहितको समूह पछिल्लो दुई हप्तादेखि तारकेश्वर नगरपालिका–९, मनमैजु बासुकीनाग टोलको एक निर्माणाधीन घरको भुइँ तल्लामा बस्दै आएका थिए ।

मदिरा सेवनपछि सचिनले युवराजलाई त्यही घरमा पुर्‍याउन आग्रह गरे । सुरूमा सचिनको त्यो आग्रह युवराजले स्वीकार गरेका थिएनन् । तर, सचिनले त्यति सहयोग समेत नगर्ने भन्दै युवराजसँग रिसाए ।

त्यसपछि भने युवराजले अन्जलीसहित सचिनलाई समेत आफ्नै बाइकमा राखेर उनी बस्ने ठाउँ पुर्‍याउन हिँडे । तर, खाजाघरबाट भने सचिनले युवराजको हत्या गर्ने उद्देश्यले बासुकीटोल पुर्‍याएको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीको दाबी छ ।

yubraj-ghimire-1716116694.png
मृतक युवराज घिमिरे

ती अनुसन्धान अधिकारीले भने, “युवराजलाई सचिन चिनेकै मान्छे भए पनि त्यसरी बाटोमै बस्ने युवा हुन् भन्ने थाहा नहुन सक्छ । सचिनलाई पुर्‍याएपछि भने उनी त्यहाँबाट भाग्न खोजेका थिए । तर, युवराजको हेलमेट नै खोसेर सचिनले प्रहार गरेको खुलेको छ ।”

खाजा खाँदासमेत युवराजले सचिनसँगै आएकी युवतीलाई आँखा झिम्काएकोे भन्दै सचिन रिसाएको पनि खुलेको छ । सचिनले हेलमेट प्रहार गरेपछि भने वसुन्धरा कार्की, नुनमाया कार्की, बुद्धलामा तामाङ, अमृत तामाङ र नाबालकले समेत अन्धाधुन्दा रड, इँटा र ढुंगाहानी हत्या गरेको खुलेको एसएसपी रजौरे जानकारी दिए ।

manmaiju-hatya-1716115839.png
घटनास्थल

हत्यापछि भने उनीहरू त्यही रात त्यहाँबाट युवराजले लगाएको लुगा, जुत्ता जलाएर युवराजलाई नांगै म्याट्रेसले छोपेर भागेका थिए । हत्या गरेको राति उनीहरू जरंखुको सडकपेटीमा सुतेको खुलेको छ ।

यसरी खुल्यो हत्याको रहस्य

बिहीबार नै हत्या गरिएका युवराजको शव भने शुक्रबार साँझमात्रै फेला पर्‍यो । मोबाइल समेत नबोकी अफिस गएका युवराजबारे अनुसन्धान गर्न प्रहरीलाई प्राविधिक जटिलता थियो । तर, शव भेटिएको ठाउँ लागुऔषध प्रयोगकर्ताहरूको अखडाजस्तो देखिएपछि प्रहरीले लागुऔषध प्रयोगकर्ताले हत्या गरेको आंशका गर्‍यो ।

शुक्रबार रातिदेखि नै प्रहरीले  बासुकीनाग टोलको क्षेत्रमा लागुऔषध प्रयोग गर्ने र त्यो क्षेत्रमा हिँड्ने शंकास्पद मानिसलाई नियन्त्रणमा लिन थाल्यो । त्यो क्षेत्रमा जडान गरिएका सीसीटीभी तथा विगतमा चोरी लुटपाटमा संलग्नहरूमाथि सोधपुछ थाल्यो ।

बिहीबार हत्या गरेर भागेका सचिनको समूह फेरि शुक्रबार बिहान घटनास्थल पुगे । शुक्रबार उनीहरूले घटनास्थलमा छोडेका आफ्ना केही सामान लिएर फर्किए । सोही सामान लिएर फर्किंदा सीसीटीभीमा १३ वर्षीया नाबालकको फोटो कैद भएको देखियो । सोही फुटेजको आधारमा प्रहरीले शनिबार नै बासुकीनाग टोल क्षेत्रमै हिँडिरहेका नाबालकलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

manmaiju-nabalak-1716115905.png
मुख्य आराेपी सचिन

नाबालमाथि सोधपुछपछि भने उनले हत्या सचिनसहितका आरोपीले गरेको बताए । उनीहरू बस्ने सम्भावित ठाउँ समेत ती नाबालकले नै देखाएका थिए । सोही सूचनाका आधामार प्रहरीले उनीहरू बाइसधारा जंगललगायतका विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको हो । सचिनलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेको थियो ।

प्रहरीले हत्याका मुख्य आरोपी सचिन र युवराजको सम्बन्ध कसरी जोडिन पुग्यो भन्नेबारेमा समेत अनुसन्धान थालेको छ । बसपार्क क्षेत्रका अन्य ट्राफिक प्रहरीसँग समेत सचिनको चिनजान रहेको देखिएको छ । सचिन धादिङ र स्वयम्भू क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परेर छुटेको समेत खुलेको छ । हत्यापछि युवराजको पकेटमा रहेको दुई हजार रुपैयाँ समेत लुटेको खुलेको छ । उनी २०७० सालमा प्रहरीमा भर्ना भएर सेवारत थिए । उनका श्रीमती र एक छोरा छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro