site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार महिनापछि पाँच अर्बभन्दा बढीको सेयर कारोबार, एकैदिन एक अर्बले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार एकैदिन ४५ अंकभन्दा बढीले बढ्यो । यस दिन नेप्से परिसूचक मात्र हैन कारोबार रकम पनि चार महिनायताकै उच्च हो ।

आइतबार पाँच अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो सेयर कारोबार रकम गत माघ १७ गतेपछिको उच्च हो । माग १७ गते पाँच अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । तर, त्यसयता भने पाँच अर्बभन्दा बढीको सेयर कारोबार हुन सकेको थिएन ।

माघ ३ गते नौ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार गत बिहीबारको तुलनामा सेयर कारोबार रकम एक अर्ब एक करोड ७२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो । बिहीबार चार अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आइतबार ३०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबार सर्वाधिक रकमको सेयर कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको १४ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै, फस्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro