site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिकभन्दा नागरिक बचतपत्र खरिदमा आकर्षण, एक सातामै चार करोडको माग
SkywellSkywell

काठमाडौं । केही दिनअघिदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुँजी व्यवस्थापनका दुई औजार ल्याएको छ । कार्यालयले ‘वैदेशिक बचतपत्र, २०८६’ र ‘नागरिक बचतपत्र, २०८६’ गरी दुई लगानी व्यवस्थापन औजार निष्कासनमा ल्याएको हो । वैशाख २३ देखि वैदेशिक र वैशाख ३० गतेदेखि नागरिक बचतपत्र सार्वजनिक निष्कासनमा ल्याइएको छ ।

उक्त दुई औजारमध्ये नागरिक बचतपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार (जेठ ६ गते)सम्म वैदेशिक बचतपत्रमा एक करोड रुपैयाँको आवेदन परेको कार्यालयले जनाएको छ । एक अर्ब रुपैयाँको वैदेशिक बचतपत्र निष्कासनमा ल्याएको दुई हप्तामा एक प्रतिशतको मागसहित आवेदन परेको हो ।

नागरिक बचतपत्र खरिदका लागि भने एक सातामा नै चार करोड ३२ लाख रुपैयाँको आवेदन परेको छ । कार्यालयले पाँच अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्रीमा ल्याएको छ । एक साताको अवधिमा नागरिक बचतपत्रमा कार्यालयले निष्कासन गरेको रकमको ०.८६४ प्रतिशतबराबरको माग भएको छ ।

KFC Island Ad
NIC Asia

यी बचतपत्र खरिदका निम्ति १० हजार रुपैयाँदेखि १० हजारले निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिनेछ । वैदेशिक बचतपत्र वैदेशिक रोजगारीमा गएका नेपाली, गैरआवासीय नेपाली र उनीहरूका परिवारले खरिद गर्न सक्नेछन् । नागरिक बचतपत्र गैरआवासीय नेपालीसहित नेपाली नागरिकले खरिदका निम्ति आवेवदन दिन सक्नेछन् ।

सरकारले वैदेशिक बचतपत्रको नौ र नागरिक बचतपत्रको आठ प्रतिशत ब्याजदर दिनेछ । यो ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । सावाँ भने पाँच वर्षपछि फिर्ता गरिनेछ ।

आवेदन दिन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास गरेको वेबसाइट इनभेस्टर डट डोम्स डट जीओभी डट एनपीमा गएर युजरनेम र पासवर्ड जेनेरट गर्नुपर्छ । त्यसपछि आवश्यक विवरण भरेर अवेदन दिन सकिनेछ ।

यस्तै, विभिन्न बैंकहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आफ्नो नजिकको बैंक शाखामा गएर पनि बचतपत्रको विषयमा बुझ्न सकिनेछ । कार्यालयले सबै बैंकसँग भने सम्झौता गरेको छैन । यसमा नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमईलगायत बैंकहरू आबद्ध छन् ।

यसअघि, नेपाल राष्ट्र बैंकले यस्ता औजार प्रयोग गरेर पुँजी व्यवस्थापन गर्दै आएको थियो । अब भने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै यो कार्य गर्नेछ । नागरिकको पुँजीलाई व्यवस्थापन गर्न आफूहरूले आउँदा दिनमा अरू ‘फिचर’ पनि ल्याउने कार्यालयका प्रमुख दीर्घराज मौनाली बताउँछन् ।

आफूहरू यस्ता औजारका विषयमा प्रचारप्रसार गरेर नागरिकलाई बुझाउनेतर्फ लागेको उनको भनाइ छ । “यस्ता औजारहरूमा लगानी गर्दा सुरक्षित हुन्छ, जोखिम हुँदैन । तर, आकर्षण भने देखिएन,” उनले भने, “तर, हामीले नागरिकको हितमा नै यस्ता औजार ल्याएका हौँ । यस्ता औजारमा आकर्षण बढ्दै गयो भने हामी प्रतिफल दिने व्यवस्था पनि गर्न सक्छौँ । ब्याजदर बढाउन पनि सक्छौँ ।”

यस्ता औजार बैंकमा सहज रूपमा बिक्री गर्न मिल्ने हुँदा मुद्दती निक्षेपका रूपमा राखिएको रकमभन्दा प्रभावकारी हुने उनी सुनाउँछन् । यो केही समयमै धितोपत्र दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिने व्यवस्था गरिने उनले बताए । “यो बचतपत्र बिक्री हुँदैन कि भनेर डराउनु पर्दैन । आवश्यकताका आधारमा बैंकलाई बिक्री पनि गर्न सकिन्छ,” मैनालीले भने, “कुनै पनि धितोपत्रमा लगानी गर्दा बढी जोखिम हुन्छ । प्रतिफल नआउन पनि सक्छ । तर, यो बचतपत्रमा ६/६ महिनामा ब्याज प्राप्त हुन्छ । पाँच वर्ष पुगेपछि आफ्नो जति सावाँ छ, त्यो पनि फिर्ता हुन्छ ।”

बचतमा पैसा राख्ने र पाँच वर्षपछि केही गर्छु भनेर सोच बनाएकालाई यस्ता बचतपत्र प्रभावकारी हुने मैनाली बताउँछन् ।

वैदेशिक बचतपत्र खरिदका निम्ति यही जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । नागरिक बचतपत्रमा यही जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ । तर, प्रचारप्रसार गर्न र यसका फाइदाका विषयमा पर्याप्त जानकारी दिन नसक्दा निष्कासन गरिएका सम्पूर्ण बचतपत्र बिक्री नहुने जोखिम छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro