खेल
काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाली टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।
किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार मध्याह्न १२ बजेदेखि सुुरु हुनेछ ।
नेपाल हङकङलाई हराएर लगातार चौथो जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ । समूह ‘बी’मा नेपाल तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपालले यसअघि भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ ०९:२८
प्रतिक्रिया दिनुहोस्