site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एएफसी एसियन कप छनोट : नेपाल र इन्डोनेसिया भिड्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्को वर्ष चीनमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावना समाप्त भइसकेको नेपालले आज छनोट प्रतियोगितामा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

तेस्रो चरणको छनोट प्रतियोगिताको समूह ‘ए’मा नेपाल यसअघि जोर्डन र कुवेतसँग पराजित भएको थियो । उक्त हारसँगै नेपालको अगाडिको यात्रा सकिएको छ । आजको खेल नेपालका लागि सान्त्वना बन्नेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

छनोट प्रतियोगिताको ६ समूहबाट विजेता टोली र उपविजेतामध्ये उत्कृष्ट पाँच टोलीले चीनमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछन् । दुई खेलबाट अंकविहीन नेपाल समूह ‘ए’को पुछारमा छ । तीन अंक जोडेको इन्डोनेसिया दोस्रो स्थानमा छ । अगाडिको यात्रा तय गर्ने सम्भावना कायम राख्न पनि आज इन्डोनियालाई जित्नैपर्ने दबाब छ । नेपाल दबाबमुक्त छ ।

Royal Enfield Island Ad

खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयानुसार राति १ बजे सुरु हुनेछ ।नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

इन्डोनेसिया यसअघि जोर्डनसँग १–० ले पराजित भएको थियो । कुवेतलाई २–१ ले हराएको थियो । नेपाल भने जोर्डनसँग २–० र कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

कुवेतविरुद्धको खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा ढलेका थिए । उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य छ । टिममा सामेल भएर प्रशिक्षण गराइसकेका छन् । उनलाई त्यो दिन के भएको थियो भनेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro