काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपका लागि सोमबार १५ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरेको हो ।
क्यानले यसअघि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण गराएको थियो । उनीहरूमध्येबाट १५ खेलाडी छनोट भएका हुन् ।
मलेसियामा जुन १७ देखि २५ सम्म हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । यस्तै, समूह ‘ए’मा मलेसिया, ओमान, कतार, सिंगापुर र यूएई छन् ।
नेपाली टोली :
रुविना क्षेत्री (कप्तान), सिता रानामगर, इन्दु बर्मा (उपकप्तान), ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्मचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरा बेगम, काजोल श्रेष्ठ, सबनम राई ।