site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालेनले महानगरको स्वास्थ्य क्षेत्रमा कस्तो परिवर्तन गर्लान् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र जनप्रतिनिधि चुनिएसँगै स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ । 

नगरप्रमुखमा निर्वाचित बालेन्द्र शाहले आफ्नो चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रका नौवटा बुँदा समेटेका थिए । उनले वृद्धवृद्धालाई घरघरमै स्वास्थ्य परीक्षणदेखि प्रत्येक वडामा योग्य डायोग्निस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिकसम्मको अवधारणा प्रस्तु्त गरेका छन् । 

हाल सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्नेजस्ता स्वास्थ्य सेवामा आशलाग्दा विषयहरू शाहका घोषणापत्रमा समेटिएका छन् । यी विषय कार्यान्वयनमा आए काठमाडौं महानगरको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिने विज्ञहरू बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्ता छन् बालेन शाहको घोषणा पत्रमा समेटिएका स्वास्थ्यका ९ विषय

– योग चिकित्सक, नर्सिङ प्रोफेसनल, फर्मासिस्टसहितको डाइग्नोस्टिक ल्याब र स्वास्थ्य क्लिनिक सबै वडामा सुरु गर्ने 

Global Ime bank

– हाल भइरहेका अस्पतालहरूको गुणस्तरीय सुधार, उचित सेवा स्ुविधा उपलब्ध गराउने,  स्वास्थ्यमकर्मीहरूको अहिले भइरहेको सेवा सुविधा वृद्धि गराउने 

– उच्च रक्तचाप, मधुमेहजस्ता रोगहरूको दिगो नियन्त्रणका लागि व्यायाम तथा जगिङका लागि पार्कहरू निर्माण गर्ने 

– काठमाडौं महानगरको स्वामित्वमा पूर्ण स्ुविधायुक्त एम्बुलेन्स सेवा सुचारु गर्ने र सेवाहरू कल सेन्टरबाट सञ्चालन गर्ने 

– ७० वर्षमाथिका नागरिकको घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षण गर्ने 

– स्वास्थ्य सेवा कार्डमार्फत् सबै निजी तथा सरकारी अस्पतालहरूको रेकर्ड राख्ने 

– करदातालाई कर रकमअनुसारको स्वास्थ्य बिमा उपलब्ध गराउने 

– बिमा सेवाका लागि सरकार र केन्द्रीय अस्पतालहरूसँग सहकार्य गर्ने 

– कल सेन्टर नम्बरमा मानसिक स्वास्थ्य सहायता लाइन सुरु गरिने 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !