राजनीति
काटमाठौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।
ओलीले आफ्नो र श्रीमतीको नामको सबै चल–अचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने ? भन्दै प्रश्न गरे । उनले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेहरूलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चुनौती पनि दिए ।
उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चुनौती दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १३:४६
प्रतिक्रिया दिनुहोस्