राजनीति
काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । ६८ हजार ३६१ मत गणना हुँदौ एमालेका नरुलाल चौधरीले ३२ हजार ३१२ मत पाएका छन् ।
गठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार हेमराज शर्माले २६ हजार १८२ मत प्राप्त गरेका छन् ।
नरुलाल र हेमराजको मतान्तर ६ हजार १३० रहेको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेकी हुमा डीसीले ३० हजार ६२४ मत प्राप्त गरेकी छन् ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी भुपबहादुर डाँगी ३० हजार २६५ मतका साथ डीसीलाई पछ्यारहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ २१:४५
प्रतिक्रिया दिनुहोस्