राजनीति
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार भोगेन्द्र मिश्र विजयी भएका छन् । आज सम्पन्न भएको मतगणना अनुसार मिश्रले अध्यक्ष पदमा ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उमेदवार डा. सत्रुधन यादवले ३ हजार ४९७ मत मात्र ल्याएका हुन् । ०७४ को निर्वाचनमा यादवको बुवा बिन्देश्वर यादव जसपाबाटै निर्वाचित भएका थिए ।
नेकपा एमालेका उमेदवार अजय कुमार यादव ३ हजार ३७३ मत ल्याएका छन् । यस्तै, उपाध्यक्ष पदमा कांग्रेसकै फुलकुमारी यादव पनि निर्वाचित भएकी हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १३:४७
प्रतिक्रिया दिनुहोस्