site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएल : कोलकातासँग हैदरावाद पराजित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले शनिबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको छ । 

जितसँगै कोलकाता १२ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । हैदरावाद १० अंकसहित आठौं स्थानमा रह्यो । यससँगै हैदरावादको प्लेअफ खेल्ने सम्भावना कठिन बन्दै गएको छ भने कोलकाताले आशा जीवित राखेको छ । 

Agni Group
NIC Asia

यसअघि, प्लेअफमा स्थान बनाइसकेको गुजरात टाइटन्सले १८ अंक जोडेको छ । १६ अंक जोडेको लखनउ सुपर जायन्ट दोस्रो स्थानमा छ । समान १४ अंक जोडेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमश तेस्रो र चौथो स्थानमा छन् । दिल्ली क्यापिटल्स, कोलकाता र पञ्जाब किंग्सको समान १२ अंक छ । 

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटमा १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

Global Ime bank

कोलकाताका एन्ड्रयु रसेलले २८ बलमा अविजित ४९ रन बनाए । साम विलिङ्सले ३४, अजिणक्या रहानेले २८ र नितिश रानाले २६ रन बनाए । कप्तान श्रेयस ऐयरले १५ रन जोडे । हैदरावादका उमरान मलिकले तीन विकेट लिए । भुवनेश्वर कुमार, मार्को जनसेन र टी नटराजनको नाममा एक एक विकेट रह्यो । 

१७८ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि अभिषेक शर्माले सबैभन्दा धेरै ४३ रन बनाए । एइडेन मारक्रमले ३२  र शशांक सिंहले ११ रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

ब्याटिङमा अविजित ४९ रन बनाएका कोलकाताका रसेलले चार ओभरमा २२ रनमा तीन विकेट लिए । टिम साउथीले दुई विकेट लिए । उमेश यादव, सुनील नारिन र वरुण चक्रवर्तीको नाममा एक एक विकेट रह्यो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu