site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको लगातार पाँचौँ जित, हेल्प नेपालको अपराजित यात्रा कायमै 
एपीएफ र ढाेरपाटनबीचकाे प्रतिस्पर्धा ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार पाँचौं जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले लगातार पाँचौँ जित निकालेको हो । पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गरेको थियो । 

आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले ५ खेलमा १५ अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पुलिसको ५ खेलमा ९ अंक रहेको छ ।

पुरुष तर्फको अघिल्लो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि पाँचौ जित निकालेको छ । गलकोट स्पोर्ट्स क्लबलाई पराजित गर्दै हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । हेल्पले गल्कोटमाथि २५–१५,२५–१३ र २५–२१ को सेटमा जित निकालेको हो । हेल्प नेपालकाे १४ अंक छ ।

Royal Enfield Island Ad

शुक्रबार नै एपीएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले ढोरपाटनमाथि २५–१५, २५–१३ र २५–१४ को सेटमा पराजित गरेको हो । 

त्यस्तै महिलातर्फ एपीएफसँग न्यु डायमण्ड ३–० को सेटमा पराजित भयो । एपीएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा हराएको हो । न्यु डायमण्डको यो लगातार चौँथो हार हो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको छ । 

विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौँथोले ७५ हजार प्राप्त गर्ने छन् ।

हेर्नाेस्, एपीफ र ढाेरपाटन स्पाेर्ट्स क्लबबीचकाे खेलका केही तस्बिरहरू 

तस्बिर : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro