site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आचार संहिताको व्यावहारिक आधार

स्थानीय तहको निर्वाचन सम्मुख निर्वाचन आयोगले बनाएको आचार संहिताको पालना र उल्लंघनको कुरा यतिबेला निकै चर्को चर्चामा छ । यस विषयको चर्चा अघि आचार (संहिता) र जीवन पद्धतिवीचको साइनोप्रति अलिकति आँकलन गर्दा आचरण चिन्तन  क्रमको जिरोकिलोमा समेत झाक्न सकिन्छ कि ? भन्ने लाग्छ ।     

मान्ने हो भने आचार (संहिता) मानिसको जीवन चरित्रसँग अभिन्न छ । सामाजिक,साँस्कृतिक र आर्थिक वा मान्छेले गर्ने यावत् व्यवहारमा सम्बद्ध आचार संहिताको सीमा रहन्छ भन्ने बुझिन्छ । नमान्ने हो भने मानिसको चरित्र र व्यवहार कति अराजक र असन्तुलित होला ? अनुमान बाहिर छ । 

घोषित, अघोषित र अनुपालित आचारको परम्परा मानिसले जीवनलाई सन्तुलित,व्यवस्थित र पवित्र बनाउने सोचका साथै विकसित भएको हुनु पर्दछ । आचार प्राकृत पनि छ र व्यक्ति वा समाजलाई सभ्य बनाउने विचार विस्तारको क्रममा व्यवहृत र निर्मित भएको मान्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

युगीन यात्रा श्रृंखला पार गर्दैगर्दा मानव समाजलाई कहिले धार्मिक वा आध्यात्मिक आचार संहिताले निर्देशित गर्यो । यो क्रम धार्मिक पथका कट्टर अनुयायीहरुवीच अद्यापि जीवन्त छ । समय क्रममा आचार संहिताले कानूनी हैसियत समेत पाएको छ । 
आचार(संहिता)को मूल मर्म सद्चरित्र निर्देशित व्यवहार हो तर यो प्रक्रिया सबै ठाउँमा हुबहु अंगीकार गरिन्छ भन्ने छैन । उदाहरण–स्थापित संहिताहरुले पश्चिमा जगत् र पूर्वीय जीवन संस्कृतिलाई फरक फरक शैलीमा चल्ने वा सीमाको स्वीकृति दिएको पनि प्रत्यक्ष छ । 

यसरी हेर्दा आचार संहिता व्यापक र ‘भेग’ लाग्छ । तर पेशा, व्यवसाय र निर्वाचन जस्ता अवसरमा कायम गरिने आचार र त्यसका निम्ति बनाइने संहिता कार्य प्रकृति अनुरुप हुने नै भए । जस्तै पत्रकारिता जगत्ले अनुशरण गर्नुपर्ने यस सम्बन्धी संहिता छ र यो सबै विषय क्षेत्रमा दुरुस्त लागू हुने होइन । 

Global Ime bank

यसको अर्थ अरुको पनि आआफ्नै कार्य प्रकारको आचरण संहिता हुन्छ भन्ने हो । यस्तै संस्थागत आचार संहिता र जीवन जिउने कलाको आचार संहिताको व्यवहारिक पक्ष पनि फरक देखिन्छ । मूलमा दुबै वा बहुपक्षीय आचारको निर्देश स्वउद्देश्यमा पवित्रता वा इमान कायम रहोस् भन्ने नै हो । 

यस्ता मान्यता वा तर्क जे भनिए पनि यही जगमा आचार संहिताको व्यवहारिक आधार तय हुने हो ।  यतिबेला मुलुकमा स्थानीय तह निर्वाचनको चटारो छ । निर्वाचन गराउने जिम्मेवारीमा रहेको निर्वाचन आयोगले जसलाई राजीतिक आचार संहिता समेत भन्न सकिन्छ त्यो लागू गरेको छ । नाम चाहिं ‘निर्वाचन आचार संहिता’ हो तर त्यसले चुनावमा हुने स्वभाविक राजनीतिक गतिविधिलाई निर्देशित, नियन्त्रित र मर्यादित गर्न खोजेको बुझिन्छ । 

यस्तो उद्देश्य राख्ने संहिता त्यत्तिकै व्यवहारिक हुनुपर्ने छ । व्यवहारिक भए सहज पालना गर्न,गराउन सम्भव छ ।  अव्यवहारिक संहिता उल्लंघन गर्ने दुरुत्साहन र वाध्यता आइलाग्छ, जो चुनावी राजनीतिमा प्रत्यक्ष संम्लग्न छन्, तिनीहरुलाई । संहिता बनाउने कुनै पनि व्यवसायिक क्षेत्र र अहिले चुनावी माहोलमा आयोगले ध्यान दिने कुरा हो यो । 

यतिबेला निर्वाचन आयोगले बनाएको आचार संहिताको केही प्रावधान प्रभुत्व प्रदर्शित गर्ने प्रकारको देखिन्छ । प्रभुत्व र हैकमभन्दा पनि व्यवहारिक पालना र संहिताले अपेक्षा राखेको उद्देश्य प्राप्त गर्नुमा आचार संहिता प्रभावी हुनुपर्छ । चुनावी परिणामलाई मनि,मसल र शक्तिको दुरुपयोगले प्रभावित नगरियोस् भन्ने उद्देश्य आयोगको हो । यसका लागि संहिताको बुइ चढेर मात्रै पुग्दैन । 

आयोगले विकृत शैली रोक्न र कम खर्चिलो चुनावी तौरतरिका स्थापित गर्न अध्यन,अनुसन्धानमूलक सुझाव पनि तय गर्नु पर्ने हो । त्यस्ता सुझावप्रति दल र नागरिक समाजलाई प्रेरित र जनमत सिर्जना समेत गर्ने हो । आयोगको अधिकार विस्तार दलहरुको अस्तित्व, औचित्य र भूमिका माथि नै अंकुश थोपर्न र आफ्नो दायित्व चुनाव गराउने काममा मात्रै सीमित गर्न होइन । चुनावी बेला बाहेकको समयमा आयोगले अध्ययन,अनुसन्धान जसले चुनावलाई सरल र कम खर्चिलो बनाओस् त्यो उपाय समेत खोज्ने हो ।    

निश्चय पनि, चुनाव निष्पक्ष, भयरहित, स्वतन्त्र र मर्यादित होस् । आर्थिक चलखेल, भडकाउ गतिविधि वा राज्यको स्रोत कोही कसैको स्वार्थमा दुरुपयोग नगरियोस् भन्ने जस्ता विषयमा आयोगको क्रियाशीलता र प्रभुत्व स्वभाविक स्वीकार्य छ । तर मर्यादित प्रचारमै पनि प्रतिबन्ध बुझाउने संहिता व्यवहारिक हुदैन ।

संहिताको केही व्यवस्थाप्रति भएको आलोचना र दिइएको सुझावलाई आयोगले मानेर यसैपटक पनि सपारेको छ । उदाहरणको लागि कुनै ठेकेदार व्यवसायीले उम्मेदवारै हुन नपाउने पूर्व प्रावधानलाई आयोगले आफ्नो मतदाता नामावली भएको क्षेत्रमा भनी संशोधन गर्यो । किन ? पूर्व प्रावधानको अव्यवाहारिक कारण बुझेर । 

यस्तै अव्यवहारिक पाटो चुनावी प्रचार वा सभा र त्यसमा हुने नेतृत्वको सहभागिताप्रति पनि छ । जस्तै प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारमा गए, आचार संहिता लागू हुने बताइदै छ । किन कि उनी प्रधानमन्त्री हुन् तर देउवा नेपाली काँग्रेसका सभापति पनि त हुन् ।   

दलीय प्रणालीमा दलको सभापतिले आफू सम्बद्ध दलको पक्षमा प्रचार गर्न पाउने कि नपाउने ? जहाँसम्म प्रधानमन्त्रीको सबाल छ,उनले राज्यस्रोत आफ्नो दलको स्वार्थमा दुरुपयोग नगरुन् भनी हेर्ने हो आयोगले, प्रचारै रोक्ने होइन । 

पदीय दायित्वमा रहेर राज्यस्रोतको उपयोग वा तलब सुविधा लिएको दलीय पदाधिकारीलाई प्रचार प्रसारमै रोक लगाउने हो भने कुनै पनि नेता र सांसद्ले चुनावी प्रचार गर्न सम्भव छैन । 

पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपीशर्मा ओलीले यही हैसियतमा राज्यस्रोतको सुविधा लिएकै छन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल,झलनाथ खनाल र डा.बाबुराम भट्टराई पनि राज्यस्रोतबाट लाभान्वित नै होलान् । पूर्व सभामुख, मन्त्रीहरु र सबै सांसद् यस्तै लाभान्वित छन् । 

यस्तो लाभको हिसाब राखेर प्रचार प्रसार गर्न प्रतिबन्ध लगाउने हो भने दलीय प्रणालीमा प्रचारात्मक स्वतन्त्रताको हैसियत बाँकी रहन्छ कति ? संहिता त पदीय हैसियत र राज्यस्रोतको अपव्यय रोक्ने प्रकारको हुनुपर्ने तर प्रचार नै गर्न रोक्ने त होइन होला नि ? त्यसो भए प्रचार गर्ने कसले ? 

आयोगको संहितामा यस्तै विरोधाभाष स्थानीय तहमा कायम प्रतिनिधिले यसपटक पनि पुनः उम्मेदवार हुन चाहे कायम पदबाट राजीनामा दिनुपर्ने प्रावधान रह्यो । त्यस्तै लाभको पदमा नरहेको वाध्यकारी प्रावधानलाई खुकुलो पार्न उम्मेदवारले स्वघोषणा गर्नुपर्नेमा झारियो ।

किन ? यी प्रावधान व्यवहारमा अनुपयुक्त हुने ठहर स्वयं आयोगले गरेको कारण हुनुपर्छ । त्यस्तै निर्वाचन पक्र्षवेक्षकका लागि तोकिएको प्रावधान पनि सहज छैन । 

भनिन्छ–आयोगले विगत संहिता, राजनीतिक दलका प्रतिनिधि,आयोगका पूर्व पदाधिकारी, निर्वाचन विज्ञ र अन्य सरोकारवालासँग परामर्श गरेर निर्वाचन आचार संहिता बनाइन्छ, बनाइएको हो । तर सम्बद्ध यिनीहरुले नै मान्न नसक्ने र समर्थन गर्न नसक्ने प्रावधान संहितामा रहे,राखिए कसरी ? 

आचर‘ण’ संहिता जीवनलाई जटील होइन, सहज, सरल र स्वच्छ बनाउने उपाय पनि हो र यसको उपयोग यसैमा सार्थक हुन्छ । आचार संहितालाई व्यवहारिक अधारमा उभ्याइयो भने मात्र त्यो हिड्न सक्छ । सामयिक संहिता नै गतिशील प्रभाव हो । अन्यथा संहिता आयोगको तुष्टीकरण दस्ताबेजमै सीमित हुन्छ ।  
        
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC