site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीको आईजीपीमा सिंह

काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । उनी संगठनको एआईजी थिए ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बाह्रखरीलाई जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीमा एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा थिए । सशस्त्रमा एआईजी अर्याल एकल दाबेदार थिए ।

*सरकारले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक राजु अर्याललाई महानिरीक्षक बनाएको स्रोतले बाह्रखरीलाई पनि जानकारी दिएको थियो ।
तर उक्त समाचार गलत पुष्टि भएकाले क्षमायाचनासहित सच्याइएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्