site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अलोकतान्त्रिक र असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन : कांग्रेस 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र भएको बताएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा कांग्रेसले २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले 'छापामार शैली'मा संसद् विघटन गरेर अध्यादेशतन्त्र सुरु गरेको आरोप लगाएको छ । 

“जब नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्यो र सर्वसत्तावादी शासन गर्ने अभिष्टका लागि संसद् अवरोधक भएको निष्कर्षमा प्रधानमन्त्री ओली पुग्नुभयो, तब २०७७ पुस ५ गते अप्रत्यासित रूपमा छापामार शैलीमा प्रतिनिधिसभा विघटन गरियो । प्रतिनिधिसभा विघटन गरेर सर्वसत्तावादी र अधिनायकवादी शासनलाई थप संस्थागत गर्न सम्पूर्ण शक्ति प्रयोग गरिएको थियो । प्रधानमन्त्री ओलीको यस्तो अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र र संविधानको आधारभूत मूल्य र मर्ममाथि नै सांघातिक आक्रमण गरेको थियो । त्यसैले प्रतिनिधिसभा विघटनपछि लोकतन्त्र होइन, अध्यादेशतन्त्र सुरू भएको थियो; संविधानवाद होइन, अधिनायकवाद र सर्वसत्तावादको घोषित अध्याय प्रारम्भ गरिएको थियो,” घोषणापत्रमा भनिएको छ,“ जनता र जनादेशमाथि यो भन्दा ठुलो षड्यन्त्र र अपराध अरू के हुन सक्छ ? सविधानको अक्षर र भावनाविपरीत गरिएको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी थियो ।”

०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि लोकतान्त्रिक प्रणाली र संविधानको असामयिक अवसान हुन र संवैधानिक संकटबाट जोगिएको घोषणापत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement