site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ वर्षमा पनि फेरिएन त्रिविको नियति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नयाँ वर्ष २०७९ लाग्यो । नयाँ पात्रो फेरियो । तर, देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नियति भने फेरिएको छैन ।

त्रिविका उपकुलपति, रजिष्टार तथा शिक्षाध्यक्षको कार्यालयमा ताला लागेको तीन महिना बितिसकेको छ । ताला खोल्नेतर्फ कसैको चासो र चिन्ता देखिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले त्रिविका तीन पदाधिकारीको राजीनामा माग्दै गएको माघ ६ गते तीनै कार्यालयमा तालाबन्दी गरेका थिए । जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ब्याचलर अफ कम्प्युटर एप्लिकेसन कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप नेविसंघको छ ।

सरकारको नेतृत्वमा तालाबन्दी गर्ने विद्यार्थी संगठनको दल छ । तर, ताला खोल्न न सरकार तातेको छ न त त्रिविका पदाधिकारी नै ।

Global Ime bank

विद्यार्थीले कार्यालयमा ताला लगाए पनि विश्वविद्यालयको काम भने नरोकिएको एक कर्मचारी बताउँछन् । उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटा, रजिस्टार प्रा. डा. पेशल दाहाल र शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले त्रिविअन्तर्गतकै अरू कार्यालयमा बसेर ‘कामचलाउ’ काम गरिरहेका छन् ।

तातिनुपर्ने पदाधिकारीहरू नै समस्या पन्छ्याउँदै अन्तै बसेर काम गर्न थालेपछि विश्वविद्यालय अलपत्र परेको हो । यसले सेवाग्राहीका काम त रोकिएकै छन्, विश्वविद्यालयले गर्नुपर्ने रचनात्मक कुनै पनि काम हुन सकेको छैन ।

घटनालाई सम्बोधन गर्न बसेको त्रिविको वार्ता कमिटीले पनि कुनै निष्कर्ष दिन सकेको छैन । खासगरी समस्या समाधान नहुनुको प्रमुख कारण विद्यार्थी संगठन आफ्नो अडान छोड्न तयार नहुनु बुझिएको छ । नेविसंघले पदाधिकारीको राजीनामाको विकल्पबाहेक देखेको छैन भने पदाधिकारीहरू राजीनामा नदिने स्पष्ट अडानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय